२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

राप्ती नदीमा आएको बाढीका कारण १२ वटा घर डुबानमा उद्घार कार्य जारी

Logo
प्रकाशित मंगलबार, साउन ०९, २०८०

(ABC-Sanchar)

दाङ । गएराति देखि परेको अविरल वर्षाका कारण दाङको देउखुरी क्षेत्र जलमग्न भएको छ । भने एक दर्जन बढी घर डुबानमा पर्नुका साथै धानबाली र तरकारी बाली समेत डुवानमा परेको छ । राजपुर र गढवा गाउँपालिकाका साथै लमही नगरपालिकामा केही घर डुबानमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको अनुसार

वडाध्यक्ष टंकबहादुर विष्टका साथै प्रहरी सहायक निरीक्षक महावीर चौधरी घटनास्थलमा खटिएका छन्।

राजपुर– २ की ३२ वर्षीया पुष्पा नेपालीको एक तले फुसले छाएको कच्ची घर अविरल वर्षाका कारण भत्किएको छ। घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक रकम खड्काले कुनै मानवीय क्षति नभएको र नेपाली छिमेकीको घरमा आश्रय लिइरहेको जानकारी दिए।

त्यस्तै, लमही नगरपालिका–१ सुनडबरी र वडा नं. ३ को कान्तिपुरमा चार जना स्थानीयको घर डुबानमा परेको छ।
सुनडबरीका ७० वर्षीय निमबहादुर सार्कीको घरमा पानी पसेपछि उनको दुई जनाको परिवारलाई छोरा छबे सार्कीको घरमा स्थानन्तरण गरिएको प्रहरीले जानकारी दिएको छ।

कान्तिपुरका ३६ वर्षीय रामबहादुर कुमालको घरमा पानी पसेपछि उनीहरू छतमा बसेको र उनीहरुको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ। स्थानीय ४० वर्षीय सुशिल कुमाल र ६० वर्षीय दयाराम चौधरीको दुई तले कच्ची घरमा पानी पसे पनि उनीहरूको परिवार डुबान हुन थालेपछि निस्किएर सुरक्षित ठाउँमा पुगेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।

डुबानमा परेका व्यक्तिहरूको उद्धारको लागि यहाँ दश जनाको प्रहरी टोली खटिएको छ। त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा खोलामा आएको बाढीले एउटा स्कार्पियो बगाइदिएको छ।तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियो बिहान पौने ११ बजेतिर बगाएको प्रहरी सहायक निरीक्षक दीपक चन्दले बताए। स्कार्पियो निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

अविरल वर्षापछि ठाउँ-ठाउँमा पहिरो जाँदा कालाकाँटेदेखि गोबडिया हुँदै गढवा जोड्ने हुलाकी सडक खण्ड अवरूद्ध भएको छ। प्रहरी सहायक निरीक्षक नेत्र केसीले बाढी आई ठाउँ-ठाउँमा हिलो माटो खसेको हुँदा सडकखण्ड अवरूद्ध भएको जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!