२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

दमक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निरौलाको क्वार्टरमै महिलासंग अनैतिक गतिविधि सार्वजनिक

Logo
प्रकाशित आइतबार, साउन १४, २०८०

 

(ABC-Sanchar)

दमक । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला महिलासंग अनैतिक भिडियो सार्वजनिक

एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियोमा देखिन्छ ।

महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् । मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि उनको विरोध सुरु भएको छ ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला

प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने यो भिडियो काठमाडौंको भएको दाबी गरे । ‘यो क्वार्टरमा होइन, काठमाडौंमा जन्मदिन मनाउँदाको भिडियो हो । धेरैजना ग्रुपमा हुँदाको भिडियो हो । कसरी बाहिरियो म अच्चमित छु,’ उनले भने, ‘काठमाडौंको होटलमा जन्मदिन मनाउँदाको भिडियो हो, क्वार्टरमा होइन । कसैले मेरो चरित्रहत्या गर्न खोजेको हो ।’ उनले क्वार्टरमा नभएको दाबी गरे पनि नयाँ पत्रिकालाई प्राप्त भिडियोअनुसार त्यो नगरपालिकाले उपलब्ध गराएको क्वार्टर नै भएको पुष्टि हुन्छ ।

दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरे । उनले छानबिन गरी प्रमाणित भए कारबाही गरिने बताए । ‘अहिले हेर्दा भिडियो बाहिर आएको देखिएको छ । छानबिन गर्छौं । प्रमाणित भए कारबाही गर्न नगरपालिका पछि पर्दैन,’ उनले भने, ‘भिडियोले दमक नगरपालिकाकै बदनाम भएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!