३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

प्रेमिकाको गोप्य फोटो-भिडियो पोर्नसाइट मा राख्ने म्याग्दीका युवक मलेसियाबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन १६, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । प्रेमिकाको गोप्य फोटो, भिडियो सामाजिक सञ्जाल तथा पोर्नसाइटमा राख्ने युवकलाई नेपाल प्रहरीले मलेसियाबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका म्याग्दीको अर्मन स्थायी ठेगाना भएका २७ वर्षीय प्रकाश विकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको हो ।

उनले पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेका बखत विभिन्न वहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो तथा फोटाहरू सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने गरेका थिए ।

साथै प्रेमिकाका आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि उनको नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्नसाइटमा समेत अपलोड गरी चरित्र हत्या गरेकोसम्बन्धी साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएको थियो ।

अभियुक्तलाई नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल मलेसियासँग समन्वय गरी नेपाल ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

अभियुक्त विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए । साइबर ब्युरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम विकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २४ माघ ०७८ मा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो ।

उनलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्युरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!