२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

राष्ट्रिय अनुसन्धान बिभाग भक्तपुरको जिम्मेवारी एसपी टेकराज तिमल्सिना पाए

Logo
प्रकाशित मंगलबार, साउन १६, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग भक्तपुर कार्यालयका प्रमुख फेरिएका छन् । उप-अनुसन्धान अधिकृत एसपी टेकराज तिमल्सिना भक्तपुर प्रमुख भएका हुन् ।

 

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त भएपछि विभागको महत्त्वपूर्ण मानिने प्रशासन शाखामा तिमल्सिनालाई तानिएको थियो ।

निवर्तमान जिल्ला प्रमुख प्रकाश आचार्य सरुवा भई विभाग पुगेका बताइएको छ । उप अनुसन्धान अधिकृतद्वय तिमल्सिना र आचार्य दुवै विभाग प्रमुख थापाका विश्वासपात्र मानिन्छन् ।

राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भएबमोजिम संघमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो । केही वर्ष अघि गृह मन्त्रालय मातहत रहेको यो विभाग पछिल्लो समय सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!