०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

प्युठान सडकमा सुख्खा पहिरो खस्ने क्रम जारी हटाउन सकस दुईतर्फी बाटो बन्द

Logo
प्रकाशित शुक्रबार, साउन १९, २०८०

(ABC-Sanchar)

प्युठान । बुधवार राती करिब १० बजे झरेको ठुलो पहिरो सफा गर्न नसक्दा बाटो अझै सुचारु भएको छैन ।
अहिले पनि पहिरो झर्ने क्रम रोकिएको छैन् । गर्जेनी भीर क्षेत्रको सांघुरो भित्ता काटेर सडक फराकिलो पार्ने क्रममा जमिन थर्किएर कमजोर बन्दा पहिरो झरिरहेको छ । एकै ठाउँमा पहिरो झरेको छ तर ठूलो छ ।
चार वटा मेसिनको प्रयोगबाट जोखिम मोलेर पहिरो हटाउने प्रयास भैरहेको छ तर सफल हुन सकेका छैनन् । पहिरोको केही भाग हटाए पनि फेरी माथिबाट ढुंगा माटो खस्दा समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
सडक डिभिजन कार्यालय प्यूठानले आज पनि बिहानैदेखि बाटो खुलाउने काम जारी राखेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए।
उनले भने,’पन्छ्याउने काम चलिरहेको छ,अहिलेसम्मकै ठूलो सुख्खा पहिरो हो। सडकदेखि करिब ५० मिटरमाथि र बाटोको एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ।
पहिरो हटाउन सडक विभागका कर्मचारी र प्रहरी खटेका छन् । तर ३६ घण्टा बितिसक्दा समेत पहिरो हटाउन सकिएको छैन् ।

बड्डाडा–चकचके सडक कमजोर भौगोलिक बनावट भएका कारणले पहिरो झर्ने गरेको सडक डिभिजन प्रमुख राजिव श्रेष्ठले बताए। ‘सडक विस्तारको बेला ठूलो मेसिनले पहाड काट्ने काम गर्दा जमिन थर्किएर कमजोर भूभागलाई थप कमजोर बनाएर पहिरो झर्ने गरेको उनले दाबी गरे।
आकस्मिक मर्मत संभार अन्तर्गत पहिरो सफा गर्न बर्सेनि करिव ४० लाख रुपैयाँ विनियोजन गर्दै आएको सडक डिभिजनले जनाएको छ।
सडकको माथि चट्टानी भिर र तलतिर ठूलो माडी नदी भएकोले पैदल मार्ग समेत नहुदा यात्रुलाई पैदल यात्रा गर्न समेत सकस भएको स्थानीयले गुनासो गरेका छन् ।
भालुवाङ-प्युठान तथा रोल्पाको एक मात्र सडक खण्डमा यसरी पहिरो खसेपछि आवतजावत गर्न समेत समस्या भएको छ ।
साथै टाढाको यात्रा गर्ने यात्रुहरुले वैकल्पिक बाटो (देविस्थानदेखि घोराही सम्मको ४८ किलोमिटर) हुँदै यात्रा गर्न अनुरोध गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!