२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मन्त्री सुनिता यादवले अनियमितता गरेको आरोपमा अख्तियारद्वारा छानबिन सुरु

Logo
प्रकाशित शनिबार, साउन २०, २०८०


(ABC-Sanchar)
जनकपुर । मधेस प्रदेशका तत्कालीन उद्योग पर्यटन तथा वन मन्त्रालयमा माओवादी केन्द्रबाट मन्त्री बनेकी सुनिता यादव र मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

गत आर्थिक वर्षमा मन्त्री यादव र अधिकृत लालबाबु यादवले शङ्कास्पद तारिकाले मधेस प्रदेशका जिल्लाहरूका लागि सार्वजनिक भएको रेडबुकमा भएको योजनाहरूको रकम नियम विपरीत रकमान्तर गरी रकम अनियमितता गरेको आशङ्कामा आयोगले त्यस बारेमा छानबिन गरी १५ दिनभित्र आयोगलाई प्रतिवेदन बुझाउन मन्त्रालयलाई साउन १४ गते पत्र पठाएको छ ।

गत आर्थिक वर्षको रेडबुकमार्फत सार्वजनिक भएको पर्यटनतर्फको कार्यक्रममा करिब ४२ करोड बराबरको योजना संशोधन गरी मन्त्री यादवले विभिन्न शीर्षकमा २६३ वटा नयाँ योजनामा नियमविपरीत रकमान्तर गराएको आरोप लगाउँदै अख्तियारमा उजुरी परेको थियो ।

मन्त्रालयमा अनियमितता भएको भन्दै उजुरी परेपछि असार १० गते सम्बन्धित मन्त्रालयबाट छानबिन प्रतिवेदन माग गरी त्यसमा यथाशीघ्र छानबिन गर्ने भनी अख्तियारले निर्णय गरेको पत्र मन्त्रालयलाई पठाएको छ ।

मधेस सरकारले मन्त्रालयको नाम र मन्त्रालय हेरफेर गरेपछि अहिले वन तथा वातावरण मन्त्रालय छुट्टै रहेको छ । अहिले वन तथा वातावरण मन्त्री लोसपाका रमेशप्रसाद कुर्मी रहेका छन् । सुनिता यादव भने अहिले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!