०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

बारा प्रहरीले १५७ किलो गाँजा(स्करपियो) सहित ७ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन २२, २०८०

ABC (क्राईमबिट)
बारा । १५७ किलोग्राम अवैध लागुऔषध गाँजासहित ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४ जना भारतीय नागरिक छन्। आइतबार साँझ ६ बजे जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित जंगलमा अवैध लागुऔषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो।

प्रहरीले उनीसँग सोधपुछ गर्दा अन्य ६ जनाको समेत संलग्नता खुलेको हो। उनीहरूलाई पनि पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दधिराम न्याैपानले जानकारी दिए।

इलाका प्रहरी कार्यालय, सिमराबाट डीएसपी प्रदीपबहादुर क्षेत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले सुरूमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ बस्ने ३९ वर्षीय रोशन नेगीलाई पक्राउ गरेको थियो।

जंगलमा पुगेर खोजतलास गर्दा बा ११ च ४९९२ नम्बरको स्करपियोमा गाँजा ओसारपसार गरिरहेको अवस्थामा नेगी पक्राउ परेका थिए।

प्रहरीले उनले चलाएको स्करपियोबाट ६ पोकामा प्याक गरिएको १५७ किलोग्राम गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय, सिमराले नेगीलाई गाँजा र स्करपियोसहित पक्राउ गरेर लागुऔषध मुद्दामा कानूनी कारबाहीको प्रक्रिया अघि बढाएको छ।

अनुसन्धानका क्रममा यस कार्यमा संलग्न अन्य ६ जनासमेत पक्राउ परेका हुन्।

भारतको बहराइज जिल्लाका २६ वर्षीय अलि अहमद भाट, मोतिहारी जिल्लाका २३ वर्षीय जमालुदिन खान, १८ वर्षीय देव कुमार र ३५ वर्षीय जागिरदिन मियाँ पक्राउ परेका हुन्।

यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका-९ का ३० वर्षीय मुकेश लामा, बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ का ३३ वर्षीय बुद्ध पाख्रिन पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेट बीआर०५जी८६५६ नम्बरको पिकअप र बीआर०५एजेड८९६१ नम्बरको पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!