
(ABC-Sanchar)
काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाले खोलामा पानीको बहाव बढाएसँगै बाढीको जोखिम पनि बढेको छ ।
विष्णुमती, धोबीखोला, मनोहरा लगायत खोला किनारका सडकसम्म नै बाढी पुगेको छ । कपन,अनामनगर, शंखमुललगायत सडक किनारका घर र पसलभित्र समेत पानी पसेको छ ।
अहिले अनामनगर क्षेत्रमा धोबीखोला करिडोरको सडक बन्द भएको छ । वरपरका वस्तीमा बाढी पसेपछि नागरिक बाहिर निस्केका छन् । नेपाल प्रहरीले खोला वरपर नजान आग्रह गर्दै माइकिङ गरिरहेको छ ।