
(सागर थापा)
दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साउन २२ गते जिल्ला प्रहरी कार्यालय दाङको परिषरमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङ र लमही आँखा अस्पताल
लमही दाङको सहयोगमा पछिल्लो समय तिब्र रुपमा फैलिरहेको आँखाको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रहरी प्रमुख एसपी
वीर बहादुर वलीको प्रमुख अथितीमा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु र जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका थुनुवाहरुको समेत आँखा परीक्षण गरिएको दाङ प्रहरी प्रमुख एसपी वलीले जानकारी दिनुभएको छ ।