०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

नाबालिगमाथि अनलाइनमार्फत यौन हिंसा गरेको आरोपमा दुई जना युवक पक्राउ

Logo
प्रकाशित बुधबार, साउन २४, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ बस्ने १९ वर्षीय समिर तामाङ र सोही ठाउँका १९ वर्षीय सुरेश तामाङ छन्।

एसपी रायका अनुसार नाबालिगलाई उनीहरूले सामाजिक सञ्जालमार्फत मानसिक तनाव मात्रै नभई यौन हिंसा समेत गरेका थिए। पक्राउ परेका समिर तामाङले नाबालिगलाई फेसबुकमा साथी बनाएका थिए। कुराकानी गर्नेक्रममा उनले बालिकालाई प्रेम गर्ने बहानामा अडिओ र भिडिओ कल गर्न थालेका थिए।

तर पछि उनले बालिकालाई मानसिक तनाव दिन थालेको एसपी रायले बताए। तनाव दिन थालेपछि नाबालिकाले उनलाई ब्लक समेत गरेका थिए। समिरले अन्य व्यक्तिको अश्लिल फोटो र भिडिओमा पीडित नाबालिकाको अनुहार जोडेर सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेको प्रहरीले जनाएको छ।

त्यस्तै उनी र सुरेशले ती बालिकालाई एक दिन कोठामा समेत बोलाएका थिए। कोठामा बोलाएर सुरेशले बालिकामाथि यौन हिंसा गरेको एसपी रायले जानकारी दिए। उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ र यौन हिंसा कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच-पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!