
(सागर थापा)
बुटवल । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईबाट लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका सम्पूर्ण शाखा, भौतिक संरचना, प्रशासनिक तथा प्रशिक्षण गतिविधिको सूक्ष्म रुपमा निरीक्षण तथा अवलोकन गर्नुका साथै केन्द्रको सम्पूर्ण वस्तुस्थितीको बारेमा जानकारी लिई केन्द्रमा कार्यरत सम्पूर्ण प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको थियो । 
साथै, कार्यक्रममा प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेश राज जोशी प्रतिष्ठानका सह-निर्देशक
प्रहरी वरिष्ठ उपरीक्षक मधु सुदन लुईटेल तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाई समेतको उपस्थिती रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको छ ।