०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

पुर्व आईजिपी सिंहले भ्रमपूर्ण समाचार लेखेको भन्दै दिए प्रेस काउन्सिलमा उजुरी

Logo
प्रकाशित बिहिबार, साउन २५, २०८०


ABC (क्राईमबिट)
काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले एक अनलाइन सञ्चारमाध्यमविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । रोशन बहादुर खड्का सम्पादक रहेका काठमाडौँ पाटीविरुद्ध सिंहले बिहीबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।

काठमाडौँपाटी अनलाइनमा गत साउन २१ गते प्रकाशित सुन तस्करीसँग आफ्नो नाम जोडेको भन्दै उक्त समाचार भ्रमपूर्ण रहेको र समाचारबाट आफ्नो प्रतिष्ठा र सम्मानमा आँच पुराएको भन्दै कारवाहीका लागि सिंहले माग गरेका छन् ।

सिंहले भनेका छन्, ‘उपरोक्त सम्बन्धमा गत आइतबार २०८०÷०४÷२१ गते काठमाडौँपाटी अनलाइनले राजश्व अनुसन्धान कार्यालयद्वारा पक्राउ गरिएका सुनसँग सम्बन्धित व्यक्तिसँग मलाई जोडेर समाचार प्रकाशित गरेकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा निज अनलाइनले मेरो प्रतिष्ठा र सम्मानमा समेत भ्रमपूर्ण समाचार प्रकाशित गरी अन्यौल सिर्जना गरेकाले कानुनी कारवाहीका लागि मैले प्रेस काउन्सिल नेपालमा दर्ता नम्बर ४७३ बाट उजुरी दर्ता गरेको छु । प्रेस काउन्सिलबाट यस्ता भ्रमपूर्ण समाचार प्रकाशित गर्ने अनलाइन उपर कानुन बमोजिम कारबाही हुने कुरामा विश्वस्त छु ।’

उक्त अनलाइनले सुन तस्करीमा संलग्न रहेका भनिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्व आइजीपीहरु सर्वेन्द्र खनाल र धिरजप्रताप सिंहसँग निरन्तर सम्पर्क भएको पाइएको उल्लेख गरेको छ । सिंहले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङलाई ‘भाइ किन फोन उठाएको’ भन्दै बारम्बार म्यासेज पठाएको भन्दै म्यासेजको ब्यहोरासमेत उल्लेख गरी समाचार प्रकाशन गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!