२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मुख्यमन्त्री विरुद्ध सर्वोच्चमा रिट दर्ता

Logo
प्रकाशित बुधबार, भाद्र ०६, २०८०


(ABC-Sanchar)
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबार सर्वोच्च अदालत रिट निवेदन दर्ता गराएका हुन्।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका कांग्रेस सांसदे इस्राइल मन्सुरीसमेतको मत मत लिएर विश्वासको मत प्रप्त गरेपछि एमाले अदालत गएको हो । सभामुखको भूमिकामा रहेका मन्सुरीले मत प्रयोग गरेर लिएको विश्वासको मत बदर गरी पाऊँ भनी रिट दायर गरिएको एमाले प्रमुख सचेतक भण्डारीले बताए।

यसअघि तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले बहुमत पुर्‍याएर असार २१ गते कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेको विरोधमा एमाले नेता कार्कीले असार २२ मा दायर रिटमाथि सर्वोच्चको पूर्ण इजलासले सभामुख गौतमको हस्ताक्षर असंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीको नियुक्ति रद्द गरेको थियो ।

नेकपा माओबादीसहितको गठबन्धन दलले त्यसपछि मभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुराई साउन १४ गते पुन थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । हाल कोहशी प्रदेश सभामुख विहीन रहेको छ । यस्तो अवस्थामा आज बोलाइएको प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले सञ्चनल गर्दै आएकी छन् ।

तर मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन उपसभामुख दनुवारले अचानक आफू बिरामी भएको र उपचारका लागि बाहिर जानुपर्ने भएको भन्दै अध्यक्ष मण्डलका सदस्य कांग्रेसका मन्सुरीलाई प्रदेशसभा बैठकको अध्यक्षता गर्न पत्र बुझाएर विदामा बसेकी थिइन् । उक्त पत्रका आधारमा मन्सुरीले मुख्यमन्त्री थापाले विश्वासको मत लिने सभामा अध्यक्षता गरेका थिए ।

त्यही विषयमा बुधबार बसेको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी दल राप्रपाले बहिष्कार गरेका छन्। सभामुखको भूमिका असंवैधानिक रहेको भन्दै एमाले र राप्रपाले बहिष्कार गरेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]