२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन देउवाको दबाब प्रचण्ड पनि सकारात्मक

Logo
प्रकाशित शुक्रबार, भाद्र १५, २०८०

(ABC-Sanchar)
काठमाडौं । सत्ता गठबन्धनमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीलाई लिएर खट्पट् सुरु भएको छ । खासगरी कतिपय विषय प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत थाहै नदिई गृहमन्त्री श्रेष्ठले अघि बढाएको र कांग्रेसका नेताहरुमाथि प्रतिशोध साँधिएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले असन्तुष्टि पोख्दै आएका छन् । यो बीचमा देउवाले गृहमन्त्री श्रेष्ठलाई आफ्नो डेराको घरमा बोलाएर असन्तुष्टि पोखेको र धेरै हिरो हुने नाममा जथाभावी हात नहाल्न चेतावनी दिएको चर्चा छ ।

खासगरी कांग्रेस सांसद सुनिल शर्मा प्रक्राउ प्रकरणमा देउवा झनै आक्रोशित बनेका हुन् । उक्त भेटवार्तामा गृहमन्त्री श्रेष्ठ र देउवाबीच नोकझोक नै चलेको बताईएको छ । गृहमन्त्री श्रेष्ठले भने सार्वजनिक कार्यक्रमहरुमा माओवादी नेतृत्वको सरकारले थालेको सुशासनको अभियान नरोकिने बताउँदै आएका छन् । तर, देउवाले प्रधानमन्त्री दाहाललाई भेटेरै गृहमन्त्री श्रेष्ठलाई हटाउन दबाब दिएको स्रोतको दाबी छ । जवाफमा प्रधानमन्त्री दाहालले केही हप्ता समय मागेको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले राप्रपालाई सरकारमा सहभागी गराउन चाहेका छन् । त्यसको संकेत संसद्को पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिएर देखाईसकेका छन् । तर, राप्रपाका नेताहरुले भने संसदीय समितिको सभापति बन्नु र सरकारमा सहभागी हुने कुराको चर्चा हुनुमा कुनै सत्यता नरहेको र राजनीतिक–लेनदेन नै नभएको दाबी गरेका छन् ।

कांग्रेस सभापति देउवाले पनि राप्रपालाई सरकारमा सामेल हुन भनेका छन् । उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नै सरकारमा आउन भनेका छन् । विश्वस्त्र स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले लिङ्देन सरकारमा आउन चाहे उपप्रधा एवम् उर्जामन्त्री बनाउने वचन दिएका छन् । राप्रपालाई मात्रै नभएर प्रधानमन्त्री दाहालले रास्वपालाई पनि सरकारमा सहभागी गराउनको लागि पहल थालेको बुझिएको छ । यद्यपी रास्वपाका नेताहरुले भने अहिले सरकारमा जानेतर्फ नसोचेको बताउँदै आएका छन् ।

सुन तस्करी प्रकरण, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणमा सुरुमा राम्रो काम गरेको भनेर वाहवाही पाएका गृहमन्त्री श्रेष्ठले पछि कतिपय प्रकरणमा माओवादी नेताहरुको संलग्नता नै पुष्टि भएपछि भने बचाउको लागि भूमिका खेलेको भन्दै देउवा रुष्ट बनेका थिए । भेपमा सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका बाउ–छोरा नै संलग्न भएको विषयमा किन पक्राउ गरेर कारबाही गरिएन ? भन्दै देउवाले
प्रधानमन्त्री दाहालसँग आक्रोश पोखेका थिए ।

गृहमन्त्री श्रेष्ठलाई तत्काल हटाउन देउवाको दबाब रहेको छ । यो बीचमा देउवाकै दबाबमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुलाई गृहमन्त्री श्रेष्ठलाई थाहै नदिई सरुवा गरिएको छ । यसमा देउवाले प्रधानमन्त्री दाहाललाई प्रभावमा पारेको चर्चा छ ।

गृहमन्त्री हटाउने देउवाको प्रस्तावमा प्रधानमन्त्री दाहाल पनि सकारात्मक बनेको स्रोतको दाबी छ । तर, प्रधानमन्त्री दाहालले राप्रपा र रास्वपालाई सत्तारोहण गराउन चाहेका छन् । आफ्नो सरकार जोगाउनको लागि प्रधानमन्त्री दाहाल यतिवेला सबैथोक गुमाउन तयार रहेको माओवादी नेताहरुकै भनाई छ । रिपोटर्स नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!