२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने किन चुपचाप छ्न आजभोलि ?

Logo
प्रकाशित बिहिबार, भाद्र २१, २०८०


(ABC-Sanchar)
काठमाडौं । सुसाशन कायम गर्ने, न्याय दिने र मुलुकलाई भ्रष्टाचार मुक्त बनाउनेमात्र होइन विदेशमा श्रमिकका रुपमा गएका नेपालीलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने चर्का नारा दिएर प्रचण्डबहुमत सहित दुई दुईपल्ट चुनाव जितेका राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने यतिबेला बोल्न छाडेका छन्।

आश्चर्य, उनी बोले पनि मुल मुद्दाहरुमा प्रवेश नै गर्दैनन्। बरु, उनले हिजो चुनावका बेला भ्रष्ट, नालायक, मुलुकमारा भनेर उछितो काढेका दल र तिनका नेताहरुसँग गोप्य र खुल्लारुपमा भेट्नमा उनको समय खर्च भएको छ।

गएका केही हप्तामा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग बालुवाटारमै पुगेर संवाद गरेका छन् भने केही दिनअघिमात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका छन्।

अझ उनले भारतबाट विशेष भूमिकासहित काठमाडौं आएका पूर्वराजदूत रन्जित रेसँग पनि भेटेका छन् श्रीलंका उडेकै दिन विहान। यी गोप्य गुप्तगुहरु मुलुकका वर्तमान चरम वेथिति समाधान गर्नतर्फ लक्षित थिए त? यसबारे उनले कतै चर्चा गरेका पनि छैनन्।

मुलुक अनेक काण्डहरुले आक्रान्त छ। यी काण्डहरु सतहमा आए पनि छानविन सही दिशातिर छैन। तर, घटनाक्रमहरुले अभियुक्तहरु को को हुन् र ती कति शक्तिशाली छन् भन्ने प्रमाणित गरिसकेको छ।

उनले भारतबाट विशेष भूमिकासहित काठमाडौं आएका पूर्वराजदूत रन्जित रेसँग पनि भेटेका छन् श्रीलंका उडेकै दिन विहान। यी गोप्य गुप्तगुहरु मुलुकका वर्तमान चरम वेथिति समाधान गर्नतर्फ लक्षित थिए त? यसबारे उनले कतै चर्चा गरेका पनि छैनन्।

अहिले ६० किलो सुन काण्ड, भुटानी शरणार्थी काण्ड, बालुवाटारको जग्गा काण्ड व्यापक चर्चामा छ। र , यिनका अभियुक्त को को हुन् भन्ने पनि खुल्ला कितावजस्तै छ। तर, लामिछानेले मुख खोल्न सकेका छैनन्। यसो छड्के छड्के कुरा गरेर यी प्रकरणहरुमा उनी उम्किँदै आएका छन्।

आखिर लामिछाने किन यसरी जनताका मूल मुद्दा जोडदाररुपमा उठाउन छोडेर तर्कँदै छन्? स्रोतहरुका अनुसार, पछिल्ला केही समयदेखि उनी फेरि सत्तारोहणको कसरतमा छन्। सत्तारोहण उनका लागि सजिलो विषय भने बनेको छैन।

अहिले सत्तामा जानका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको र वर्तमान प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालको सहमति आवश्यक छ।

भुटानी शरणार्थी प्रकरणबारेको अपुरो छानविनको धज्जी उडाएर बोले देउवा खुसी हुन्नन् किनकि सो काण्डमा देउवापत्नी आरजु देउवा विवादित भइसकेकी छन् र उनकै कारण अनुसन्धान अपुरो भएको छ।

६० किलो सुन काण्डको कुरा उठाउन पनि लामिछानेले सकेको छैनन् किनकि यो सही छानविन हुँदै माओवादीका नेताहरु महरासहित एकपछि अर्को गर्दै तानिँदै जाने स्थिति छ त्यसैले यो पनि छानविनका क्रममा अन्यत्रै मोडिन थालेको छ।

बालुवाटार जग्गा प्रकरणको कुरा उठाउन पनि लामिछानेलाई सत्ताको भर्‍याङ चढ्न रोकिने सम्भावना उत्तिकै छ किनकि सत्तारुढ घटकका एक नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यसमा मुछिएका छन्।

यति एयर काण्ड र ओम्नी काण्डका कुरा उठाउँदा सत्ताका खेलाडीमध्येका अति प्रभावशाली मानिएका नेकपा एमालेका अध्यक्ष केपी ओलीको विरोध हुन पुग्छ। र, यो कुराले पनि कुनै न कुनैबेला सत्तारोहणको सम्भावनालाई बाधा पार्न सक्छ।

जनताले भने रास्वपाका नेता लामिछानेप्रति निकै आशा गरेकै छन्।

यी मुलुकविरोधी अपराधमा संलग्नहरुबारे बोल्लान्, वास्तविक छानविनका लागि दवाव सृजना गर्लान् र जति पहुँचवाला अभियुक्त भए पनि कठघरामा उभ्भिन विवस बनाउछन् भन्ने जनताको आशा निराशामा परिणत भयो भने त्यसको परिणम अहिलेको सम्भावित सत्ता सुखवाहेक अरु केही नहुन सक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!