२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

इलाका प्रशासन कार्यालय जुम्लामा कर्मचारी नहुँदा नागरिकता वितरण ठप्प

Logo
प्रकाशित सोमबार, भाद्र २५, २०८०

(ABC-Sanchar)
जुम्ला । जिल्ला प्रशासन कार्यालयमा रहेका कर्मचारी अन्तै सरुवा भएका र अरू कर्मचारी पनि नआउँदा नागरिकता वितरण कार्य बन्द भएको हो

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार इलाका प्रशासन कार्यालयमा निमित्तको रूपमा खटाइएका नायब सुब्बा सुरत गिरीको अर्कै ठाउँमा सरुवा भएपछि काम काज रोकिएको हो । उनले अब अर्को व्यवस्था नहुँदासम्म जिल्ला सदरमुकाम खलङ्गाबाटै नागरिकता दिइने पनि बताएका छन् ।

इलाका प्रशासन कार्यालय सिञ्जा नराकोटमा अधिकृतस्तरको दरबन्दी छ तर सरकारले कर्मचारी पठाउन सकेको छैन ।

सिञ्जा क्षेत्रको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको इलाका प्रशासनले नागरिकता वितरण गर्दा नागरिकलाई नागरिकता लिन सहज भएको थियो । तर वर्षायामको झरी अनि भौगोलिक विकटता र कठिनाइका कारण जिल्ला प्रशासन कार्यालय जान नसक्ने सेवाग्राहीलाई फेरि सास्ती भएको छ ।

कार्यालयमा नागरिकता लिन जानेहरू कर्मचारी नभएको भन्दै फर्किने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]