०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

सशस्त्र प्रहरी बलले पर्साले ठूलो मात्रमा भन्सार छलीको लत्ताकपडाहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन ०२, २०८०

ABC (क्राईमबिट)
पर्सा । वीरगञ्ज महानगरपालिका १६ नगवाबाट सशस्त्र प्रहरीले सोमबार दिउँसो १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो ।

अवैध तरिकाले भारतबाट कपडा लिएर आइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) वीरगञ्जले १० लाख ३ सय रुपैयाँ बराबरको विभिन्न किसिमको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) सङ्गम श्रेष्ठले जानकारी दिए ।

डिएसपी श्रेष्ठका अनुसार बरामद कपडा भरियाहरूले साइकलमा लोड गरेर ल्याइरहेको थिए । यद्यपि प्रहरीले देख्नसाथ कपडा छोडेर भरियाहरू साइकल चढेर फरार भए ।

बरामद कपडा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको । कपडा धनीको पत्ता लगाउने काम भइरहेको डिएसपी श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]