२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

राज्यले बिर्सिएको शहिद परिवारको छोरा पढाई दिने रास्वपा सभापति लामिछानेको बचन

Logo
प्रकाशित मंगलबार, आश्विन ०९, २०८०

(नन्दराम खड्का)

रोल्पा । पुर्व गृहमन्त्री,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सांसद रबि लामिछानेले रोल्पाका शहिद परिवारको छोरा पढाई दिने आश्वासन दिएका छन्।असोजको पहिलो साता रोल्पा भ्रमणमा निस्किएका सभापति लामिछानेले दश बर्षे जनयुद्धको उद्गम थलो रोल्पाको होलेरी आउँदा शहिद परिवारसंग भेटघाट गरेका थिए।

सोही क्रममा शहिद परिवारले छोरा पढाउन मुस्किल परिरहेको भन्दै सभापति लामिछाने संग गुहार मागेका थिए।कुराकानीकै क्रममा शहिद परिवारको छोरालाई चितवनको कुनै कलेजमा आफूले पढाई दिने आश्वासन सभापति लामिछानेले आश्वासन दिएका हुन्।

२०५९ शाल चैत ११ गते गतेका दिन रुन्टिगढी गाउँपालिका वडा नं ६ सरेचौर गाउँका बिपन्न परिवारका सर्वसाधारण २३ बर्षिया बामदेव विश्वकर्मा किनमेल गर्न आएका थिए।

त्यसो त बामदेव मारिनै पर्ने गरि कुनै राजनैतिक बिचार बोकेर हिडेका युवा पनि थिएनन्।उनि मज्दुरी गरेर घरपरिवार पाल्ने गर्दथे।

घरको काम सकेर बामदेव होलेरी बजार किनमेल गर्न आएको समयमा तत्कालीन बिद्रोही पक्ष नेकपा माओवादीका एक कार्यकर्ता दाङको घोराहीबाट होलेरी फर्किएका बसमा उनलाई नेपाली सेनाले पछ्याएको थियो।चिनजानका आधारमा ति माओवादी कार्यकर्ताले होलेरी ओर्लिए लगत्तै बामदेव विश्वकर्मासंग हात मिलाए।

त्यत्तिकैमा हात हतियारसहित उनलाई पछ्याएको तत्कालीन शाहि नेपाली सेनाले माओवादी कार्यकर्तामाथि होलेरी जुर्नेटामा गोलि चलायो।घटनास्थलमै उनको ज्यान गयो।त्यस लगत्तै सेनाले बामदेव विश्वकर्मा माथि पनि गोलि चलायो।होलेरीमा बामदेव रक्ताम्य भएर भुइँमा लडे।

त्यसपछि शाहि सेनाले बामदेवलाई घाइते मात्रै बनाई छाडेन।उनलाई घिसारेर सेनाले शहिदमार्ग अन्तर्गत दाङको भुभागसम्म पुर्यायो।घाइते विशकर्मालाई सेनाले कोइलाखानी नजिक लगेर रुखमा अड्याएर उनिमाथि पुनः गोलि प्रहार गरेर उनको बिभत्स हत्या गरेको थियो।

उक्त घटनाको क्रममा द्वन्दकालको सन्त्रासका कारण कसैले पनि बामदेवलाई सेनाबाट छुटाउने हिम्मत गर्न सकेनन्।तर घटनाबारे सुनेपछि उनका बाबु भैरब विश्वकर्मा र परिवारका सदस्य भने खाली खुट्टा ज्यान मायाँ मारेर बचाउन दौडिए।तर उनीहरुले शहिद बनिसकेका बामदेवको स्वास भेटाउन सकेनन्।उनिहरु बामदेवलाई पुर्याईएको स्थल पुग्दा बामदेवलाई शाहि सेनाले लाश बनाई सकेको थियो।

त्यसको भोलि पल्ट उनका परिवार आफन्त सहित होलेरीका स्थानिय राजनितिज्ञ लगाएत समाजसेवीहरु शाहि सेनाको घोराहीस्थित ब्यारेकमा पुगेर छलफल गरे।तर छोराको ज्यान गैसकेपछि गरिएको छलफलको कुनै औचित्य थिएन।

घटनालाई आशु बगाउँदै स्विकार गर्नु र मृतकको शव उठाउनुको विकल्प नभएको उनकि श्रीमती तुलसी विश्वकर्माले बताउँछिन्।

शहिद परिवारलाई राज्यले दिने १० लाख राहत रकम किस्ताबन्दीबाट उक्त परिवारले प्राप्त गरेपनि वृद्ध शासुससुरा पाल्ने देखि काखका सन्तान नाबालिक छोराछोरी हुर्काउन,बढाउन र पढाउन तुलसीलाई उक्त पैसोले पुगेन।

हाल साझ बिहानको छाक जुटाउनै मुस्किल परिरहेको उक्त परिवारलाई सबैभन्दा अभाव र समस्या फोरेस्टी अध्यन गरिरहेका छोरा ठगेन्द्र विश्वकर्मालाई पढाउन परिरहेको छ।

ठगेन्द्र २०५९ शालमा बाबु बामदेव मारिदा आमाको गर्भमा थिए।२०६० मा उनि जन्मिएका उनको आमा तुलसी विश्वकर्माले बताउँछिन्।

रास्वपा सभापति लामिछाने रोल्पा पुग्दा आमा तुलसी विश्वकर्माले अरु सबै पिडा भुलेर छोरा ठगेन्द्रलाई पढाउन गुहार मागेकि थिइन्।रास्वपा सभापति लामिछानेले पनि आफूले चितवनका कुनै कलेजसंग समन्वय गरेर ठगेन्द्रको अगाडिको पढाई पुरा गरिदिने बाचा गरेका छन्।

बिगतमा पनि थुप्रै नेताहरुले छोरा पढाई दिने आश्वासन दिए पनि कसैले पनि हेरेफेर नगरेको ठगेन्द्रको आमा तुलसीले दुखेसो पोख्छिन्।
हाल फरेस्टी अध्यन गरिरहेका ठगेन्द्रलाई यहाँसम्म पठनपाठन गराउन पनि नेपाल सरकारका पुर्व सचीव भिम उपाध्यायले केहि आर्थिक संकलन गरिदिएर अलि सहज भएको उनि बताउँछिन्।

उनि भन्छिन् मेरो छोरा पढाउने उधारो आश्वासन दिनेहरू अनगिन्ती छन्।तर बचन अनुसारको सहयोग कसैले गरेनन् यसपटक रास्वपा सभापति रबि लामिछानेले पनि बचन दिनु भएको छ।उहाँ जत्तिको नेताले बोलेपछि मनमा आशा भने पलाएको छ।हेरौँ उहाँले बचन कत्तिको पुरा गर्नु हुन्छ?

कलिलै उमेरमा पति गुमाएकि तुलसी अहिले जस्ता पाताले बारेको जिर्ण संरचनामा दिन काट्दै आएकि छन्।उनिसंग संघर्ष र पिडाका असंख्य पहाडहरु छन्।जुन भोगाईहरु उनि शव्दमा बर्णन गर्न सक्दैनिन्।उनलाई जिबनमा अनगिन्ती पिडा,समस्या र अभावले सताए सबै स्वीकार गरेर भुल्ने प्रयास गरेपनि छोरालाई उच्च शिक्षा पढाउने सपना रहेको उनि बताउँछिन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!