२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगञ्ज बिपीचोकको फर्निचरहरुमा आगलागिबाट एक करोड बढी क्षति

Logo
प्रकाशित शुक्रबार, आश्विन २६, २०८०

 

(ABC-Sanchar)

बाँके । आगलागिबाट ६ वटा फर्निचर पसल र एउटा किराना तथा नास्ता पसलमा आगलागि हुँदा एक करोड बढीको क्षति भएको हो ।

शुक्रबार विहान करिब साढे ४ बजे बिद्युत तार सर्ट भएर नेपालगञ्ज उपमहानगरपालिका ११ बिपी चोक नजिकै गुरुद्वारको अगाडी महबुद जसगढले सञ्चालन गरेको आलिया ट्रेर्डस (काठ फर्निचर) पसलमा बिद्युतको तार सर्ट हुनगई एक्कासी आगलागी हुँदा सोहि पसलको छेउमा रहेका अन्य ६ वटा पसल पनि जलेर नष्ट भएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार आगलागिबाट नेपालगञ्ज १२ कोरियनपुर बस्ने महाबुद जसगढले संचालन गरेको आलिया ट्रेर्डस, सोही ठाउँ बस्ने मिठ्ठु खान हुसेनले संचालन गरेको मिठ्ठु रिफ्रेसिङ मोटरसाईकल सेन्टर, नेपालगञ्ज १६ जयसपुर बस्ने बारुदिन जोलाहाले संचालन गरेको वारसी काठ फर्निचर, सोही ठाउँ बस्ने अलिहुसेन अन्सारीले संचालन गरेको सनिया स्टिल फर्निचर, नेपालगञ्ज ११ बस्ने सरिफ शेषले संचालन गरेको गिलमान फर्निचर र बर्दिया बढैयाताल गाउँपालिका ६ बस्ने शान्ति चन्दले संचालन गरेको चिन्टु किराना एण्ड नास्ता पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

यसैगरी नेपालगञ्ज .१२ बस्ने हरिराम काश्यपले संचालन गरेको श्री लक्ष्मी स्टिल फर्निचर आंशिक रुपमा क्षेती भएको प्रहरीले जनाएको छ । पसलधनीहरुबाट लिएको जानकारी अनुसार अनुसार अनुमानित करिब एक करोड ३ लाख बराबरको क्षति विवरण प्राप्त भएको घटना स्थलमा भेटिएका बाँकेका प्रहरी नायब निरिक्षक पुस्कर बिकले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]