२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेमा ४ क्विन्टल बराबरको भारतीय बोइलर कुखुरा बरामद गरी नष्ट गरियो

Logo
प्रकाशित बिहिबार, कार्तिक ०९, २०८०

 

ABC (क्राईमबिट)
बाँके । जानकी गाउँपालिका १ स्थित बढैया बिओपिको सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिएको चार क्विन्टल बराबरको भारतीय बोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ ।

नष्ट गरिएको बोइलर कुखुरा सशस्त्र प्रहरी निरीक्षक टीकाराम गोसाइँ नेतृत्वको मोवाइल गस्ती टोलीले बिहीवार जानकी गाउँपालिका १ स्थित बढैयाबाट बरामद गरेको थियो ।

आरटीआर मे१०प ३४७७ र हीरो यूपी ३४ ए भी २३८९ नम्बरको दुईवटा मोटरसाइकलमा लोडगरी ल्याउँदै गरेको अवस्थामा प्रहरीको मोवाइल गस्ती टोलीलाई देखेपछि कुखुरा र मोटरसाइकल छाडेर चालकहरु फरार भएको बढैया बिओपिका प्रमुख सशस्त्र प्रहरी निरीक्षक टीकाराम गोसाईले बताउनुभयो ।

बरामद गरिएका बोइलर कुखुराको अनुमानित बजार मूल्य एक लाख ४ हजार रुपियाँ रहेको बताइएको छ । उक्त बोइलर कुखुरालाई साईगाउँ प्रहरी चौकीका प्रहरी हवल्दार नरेश थारू, वडाध्यक्ष मोहम्मद रजा राई स्थानीय बुद्धिजीबीु लागायतको उपस्थितिमा जानकी गाउँपालिका १ स्थित बढैया बिओपिको बेस परिसरमा नष्ट गरिएको हो ।

बरामद गरिएको बोइलर कुखुरा र दुईवटा मोटरसाइकलको अन्दाजी मूल्य ४ लाख ५८ हजार रहेको प्रहरीले जनाएको छ । यता नियन्त्रणमा लिइएको दुवै मोटरसाइकललाई नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक गोसाईले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]