२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मुगुमा एउटै परिवारको ४ जनाको हत्या प्रहरीको अनुसन्धान जारी

Logo
प्रकाशित शुक्रबार, कार्तिक १०, २०८०

 

ABC (क्राईमबिट)
मुगु । फेला परेको तीन बालबालिकासहित चार जनाको शव एउटै परिवारका आमा र छोराछोरीको भएको खुलेको छ।

छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीया छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

शुक्रबार बिहान ११ बजे खबर पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो। थापाका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए। ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको अनुमान गरिएको छ।

९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखिपछि छिमेकीहरूले बिहानै सिमी टिप्न खेत गरा तिर गएका होलान् सोचेका थिए। तर, आज बिहानसम्म पनि घरमा ताला लगाएको देखेपछि स्थानीले फेरी माइतीतिर गएको हो कि भनेर फोन गरेका थिए।

तर, माइतीबाट ८ गते नै फर्किएको बताएपछि बिहान १० बजेतिर स्थानीयले ढोकाको ताला तोडेका थिए। भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका थिए।

मृतकमा श्रीमान् वैदेशिक रोजगारीमा रहेको थापाले बताए। कसले किन र के कारण हत्या गरेको हो भन्ने विषयमा थप अनुसन्धानपछि मात्र थाहा हुने थापाको भनाइ छ। अनुसन्धानका लागि कुकुरसम्म झिकाउने प्रहरीले तयारी गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]