२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

माओवादी नेताले आफ्ना छोराहरूलाई सुन तस्करी गर्ने मात्र देखियो रवी लामिछाने

Logo
प्रकाशित शनिबार, कार्तिक ११, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले टाउकाको मोल तोक्ने र मोल बुझाउनेहरू पटक-पटक सत्तामा बस्दा पनि संक्रमणकालीन न्यायको नाममा द्वन्द्व पीडितलाई थप पीडा दिने काम भइरहेको बताएका छन्।

ललितपुरको मंगलबजारमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सभापति लामिछानेले राष्ट्र संघका महासचिव आउने बेलामा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तालाई लक्षित गर्दै व्यङ्ग्य गरे।

सभापति लामिछानेले द्वन्द्वपीडितहरु देश बन्ने र न्याय पाउने पर्खाइमा बस्दा हिजो टाउकोको मोल तोक्ने र मतपत्रका माध्यमबाट वेथिति ल्याउनेले अहिले संक्रमणकालीन न्यायलाई पटक पटक सत्तामा बस्दा पनि टुंगोमा नपुर्याएको भन्दै प्रश्न गरे।

लामिछानेले भने, ‘संक्रमकालीन न्याय निरुपणको नाममा अहिले फेरि नेताहरूका भेटघाट बढेको छ। अझ राष्ट्र संघका महासचिव आउनुभन्दा अघि नै संक्रमणकालीन न्याय निरुपण गरिसक्ने रे भन्ने सुनिन्छ। हिजो टाउकाको मोल तोक्ने र बुझाउनेहरू त अहिले सरकारमा टाउकै जोडेर सरकारमा बसेका छन्। अहिलेसम्म कसले रोक्यो त?’

लामिछानेले सुनौलो भविष्य र परिवर्तनको सपना देखाएर जनयुद्धमा हजारौं नागरिकलाई शहीद बनाउने माओवादीको सुनौलो सपना भनेको आफ्ना छोराहरूलाई सुन तस्करी गरेर सुनौलो बनाउने मात्र देखिएको बताए।

उनले भने, ‘परिवर्तनको लागि हिजो कैयौं युवाले शरीरमा गोली थापे। कति महिलाको सिउँदो उजाडियो, कयौँ टुहुरा, घरबार विहीन र विस्थापि, वेपत्ता भए। ती सबैले गोली थापेको, आफन्त गुमाएको सिन्दुर पुछेको, घरबार विहीन भएको आजका नेताहरूलाई क्विन्टलका क्विन्टल सुन ल्याएर तस्करको नाइके भएर घर ठड्याउनको लागि होइन, देश बनाउनको लागि थियो।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!