१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरको वरीयताक्रम खोसिने

Logo
प्रकाशित सोमबार, कार्तिक १३, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । नयाँ मर्यादा क्रमानुसार काठमाडौँ महानगर प्रमुख र उपप्रमुखको पनि देशभरका अरू महानगरपालिकासरह नै मर्यादा हुने प्रस्ताव अघि बढाइएको हो।

यो प्रस्तावसहितको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट पारित गरिएको छ । सोमबामर समितिले प्रतिवेदनसहितको उक्त विधेयक मङ्गलवार राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार : राष्ट्रिय मर्यादासम्बन्धी विधेयक संसद बैठकमा प्रस्तुत गर्ने निर्णय

हाल काठमाडौँ महानगरपालिका प्रमुखको वरीयताक्रम दशौँ नम्बरमा छ । अहिले दशौँ वरीयतामा काठमाडौं महानगर प्रमुखसँगै नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेशका मन्त्री, प्रधानसेनापतिलगायत छन् ।

हाल ११औँ नम्बरमा काठमाडौँबाहेक अरू सबै महानगरपालिका प्रमुखको वरीयता कायम छ । १३औँ वरीयतामा काठमाडौँ महानगर उपप्रमुखको वरीयता छ । काठमाडौँबाहेक अरू महानगरका उपप्रमुखको वरीयता १६औँ नम्बरमा छ ।

सोमबारको बैठकबाट सबै महानगरपालिका प्रमुखको वरीयता १७औँ नम्बरमा रहने गरी प्रतिवेदन पारित गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]