२२ मंसिर २०८०, शुक्रबार
08-12-2023 , Fri
×

माध्यमिक तह तृतीय श्रेणीका लागि स्थायी शिक्षक ७१८ जना सिफारिस

Logo
प्रकाशित सोमबार, कार्तिक १३, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । आयोगले खुला प्रति योगितात्मक परीक्षाको लिखित तथा अन्तर्वार्ता गरेर छनौट भएका ७१८ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

सातै प्रदेशबाट विभिन्न विषयको परीक्षामार्फत छनौट भएका उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको हो । गत वर्ष मावि तर्फ १ हजार १८२ जनालाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको थियो ।

आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेद्वारहरूको यहि असोज २१, २४ र कात्तिक २ गते अन्तर्वार्ता सञ्चालन गरेको थियो । आयोगले शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा आयोगले उम्मेदवार छनौट गरेको थियो ।

छनौट भएका उम्मेदवारहरूलाई शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम विषयगत र प्रदेशगत रूपमा योग्यताक्रम सूची नतिजा विवरणसहित स्थायी नियुक्तिका लागि केन्द्रलाई सिफारिस गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                       हङकङमा जारी चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानको खेलका लागि नेपाल र जापानबीच आज भएको खेलमा नेपालले […]

( एबिसि संचार )                                                      आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा […]

(  एबि सि संचार )                                                  आगामी  वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट भएको छ । नेपाल १० वर्षपछि आईसीसी टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि […]