२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

राष्ट्रसङ्घका महासचिव गुटेरेस पोखरा र लुम्बिनीको भ्रमण सकेर काठमाडौँ फर्किए

Logo
प्रकाशित मंगलबार, कार्तिक १४, २०८०

 

(ABC-Sanchar)
भैरहवा । चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा र लुम्बिनीको भ्रमण गरेर काठमाडौँ फर्किएका छन् ।

बिहान अन्नपूर्ण आधारशिविर पुगेका उनी उतैबाट दिउँसो बुद्ध जन्मस्थल लुम्बिनी पुगेका थिए। लुम्बिनीमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतले स्वागत गरेका थिए।

सो अवसरमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले संयुक्त रूपमा लुम्बिनीमा वृक्षारोपण पनि गरेका छन्। लुम्बिनीबाट काठमाडौं फर्किए लगत्तै उनी सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा पुगेका छन्। तिमिल्सेनासँगको भेटपछि उनी सिधै संघीय संसद भवन नयाँ बानेश्वर जाने कार्यक्रम छ ।

गुटेरेसले सम्बोधन गर्ने भएकोले आज दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि उपस्थितिका लागि निमन्त्रणा दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!