२२ मंसिर २०८०, शुक्रबार
08-12-2023 , Fri
×

बालुवाटारस्थित एनआरएन केन्द्रीय कार्यालयमा झडप पराजित समूहमाथि हातपात

Logo
प्रकाशित मंगलबार, कार्तिक १४, २०८०

 

(ABC-Sanchar)
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा दुई पक्षबीच तनाव भएको छ ।

एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला पराजित टिम पुगेपछि विवाद र हातपात भएको हो ।

पराजित पक्षले केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको भनाइ छ । पराजित पक्षले भने युवा सङ्घका कार्यकर्ताले आरके शर्मालाई दुर्व्यवहार गरेको तथा बुद्धि सुबेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएका छन् ।

अध्यक्ष बद्री केसीसहित एनआरएन नवनिर्वाचित टिमको स्वागत कार्यक्रममा एमाले नेता बस्नेत सहभागी थिए । दिउसो दुई बजेतिर आरके शर्माको टिम पनि कार्यालयमा प्रवेश गरेको थियो ।

पराजित पक्षनिकट स्रोतका अनुसार शर्मालाई युवा सङ्घका कार्यकर्ताले दुर्व्यवहार गरेपछि उनी त्यहाँबाट सरासर फर्किए । तर, सो समूहका केही नेतामाथि घाइते हुने गरी हातपात भएको उनको भनाइ छ ।

पराजित पक्ष माओवादी केन्द्रका प्रवास ब्युरो इन्चार्ज ओम शर्मासहित कार्यालयमा गएको थियो । पराजित पक्षले वाइसीएल लिएर कार्यालय कब्जा गर्न खोजेपछि कार्यक्रममा सहभागी युवा सङ्घका कार्यकर्ताले रोक्ने क्रममा विवाद बढेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । जिल्ला अदालतबाट पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामालगायत नेताका नाममा पक्राउ पुर्जी जारी भएपछि सो पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आफ्ना नेताविरुद्ध जारी भएको पक्राउ पुर्जीको विरोधमा सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार मंगलबार मसाल जुलुस, बुधबार न्यायाधीशको पुतला दहन र आउँदो बिहीबार देशव्यापी प्रदर्शन गरिने उल्लेख छ।

  (ABC-Sanchar) रुपन्देही । सामाजिक सञ्जाल टिकटकमा अश्लील हरकत गरेको भन्दै नेकपा माओवादी केन्द्रले एक जना महिला नेतृलाई निलम्बन गरेको छ । शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको सैन मैना नगर समितिले नेतृ शान्ति बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको हो । “पार्टी अनुशासनभन्दा बाहिर गएर आफ्नो विचार व्यवहार प्रस्तुत गर्ने छुट कसैलाई पनि नभएको कुरा […]

( एबिसि संचार )                                              कोशी प्रदेश सरकारमा दुई जना नयाँ मन्त्री थपिका छन् । उनीहरुले शुक्रबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । एमालेको असहमतिका बाबजुद कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल […]