२२ मंसिर २०८०, शुक्रबार
08-12-2023 , Fri
×

टिकटकमा अश्लील हरकत देखाएको भन्दै माओवादीकी नेतृ शान्ति बराल निलम्बित

Logo
Abc Sanchar प्रकाशित सोमबार, कार्तिक २०, २०८०

 

(ABC-Sanchar)
रुपन्देही । सामाजिक सञ्जाल टिकटकमा अश्लील हरकत गरेको भन्दै नेकपा माओवादी केन्द्रले एक जना महिला नेतृलाई निलम्बन गरेको छ ।

शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको सैन मैना नगर समितिले नेतृ शान्ति बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको हो ।

“पार्टी अनुशासनभन्दा बाहिर गएर आफ्नो विचार व्यवहार प्रस्तुत गर्ने छुट कसैलाई पनि नभएको कुरा पुनः स्मरण गराउन चाहन्छौँ,” समितिको विज्ञप्तिमा भनिएको छ । बराल माओवादीको सैन मैना नगर कमिटी सदस्य पदमा रहेकी थिइन् ।

उनीमाथि पार्टीको साङ्गठनिक जिम्मेवारी, पार्टीमा हुनुपर्ने सामाजिक तथा सांस्कृतिक अनुशासन तथा आम नेपाली सामाजिक तथा सांस्कृतिक व्यवहार विरुद्ध गई सामाजिक सञ्जालमा प्रस्तुत हुन गएको आरोप लगाइएको छ । “उक्त कारण समेतले निजलाई पार्टी सङ्गठनको सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्य सम्मबाट निलम्बन गरिएको जानकारी गराउँदछौ,” विज्ञप्तिमा अगाडि भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । जिल्ला अदालतबाट पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामालगायत नेताका नाममा पक्राउ पुर्जी जारी भएपछि सो पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आफ्ना नेताविरुद्ध जारी भएको पक्राउ पुर्जीको विरोधमा सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार मंगलबार मसाल जुलुस, बुधबार न्यायाधीशको पुतला दहन र आउँदो बिहीबार देशव्यापी प्रदर्शन गरिने उल्लेख छ।

  (ABC-Sanchar) रुपन्देही । सामाजिक सञ्जाल टिकटकमा अश्लील हरकत गरेको भन्दै नेकपा माओवादी केन्द्रले एक जना महिला नेतृलाई निलम्बन गरेको छ । शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको सैन मैना नगर समितिले नेतृ शान्ति बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको हो । “पार्टी अनुशासनभन्दा बाहिर गएर आफ्नो विचार व्यवहार प्रस्तुत गर्ने छुट कसैलाई पनि नभएको कुरा […]

( एबिसि संचार )                                              कोशी प्रदेश सरकारमा दुई जना नयाँ मन्त्री थपिका छन् । उनीहरुले शुक्रबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । एमालेको असहमतिका बाबजुद कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल […]