२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रेशम चौधरीको काण्डले सर्बोच्चको न्यायाधीश नियुक्तिमा राजनीति सकस

Logo
Abc Sanchar प्रकाशित शनिबार, कार्तिक २५, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । सर्बोच्च अदालतका रिक्त सात न्यायाधीश नियुक्तिका लागि शक्तिकेन्द्रहरु बीच रस्साकस्सी चलिरहेका बेला टीकापुर काण्डका नाइके रेशमलाल चौधरीको प्रकरण फेरि बल्झिएको छ।

र, यसले सर्बोच्चका रिक्त न्यायाधीश नियुक्तिमा असर पुर्‍याएको छ। साथै सो असरलाई जसरी पनि मत्थर पार्ने दौड पनि रोचक देखिएको छ।

समाचार अनुसार बिहीबार अपरान्ह न्यायाधीश नियुक्तिकोे अन्तिम निर्णय सिफारिस गर्न न्याय परिषद्को बैठक बसेको थियो। केही घण्टाको छलफलमा पनि साझा सहमति बन्न नसकेपछि बैठक आजलाई सारिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जुनसुकै मूल्य चुकाउनु परेपनि हालका महान्यायाधिबक्ता दिनमणि पोख्रेललाई सर्बोच्चको न्यायाधीश बनाउन चाहन्छन्। उनको यो चाहनामा टीकापुर काण्डका नाइके रेशमलाल चौधरीको प्रकरणले
बाधा पुर्‍याएको छ।

यो प्रकरणले पोख्रेललाई सर्बोच्चको न्यायाधीश नियुक्त गर्न वाधा पुर्‍याएको छ। किनकि, कैद सजाय माफी दिनुपर्दा त्यससम्बन्धी ऐनमा उल्लेख भएअनुसार, सम्बन्धितको अन्तिम फैशलासमेत राखेर सिफारिस गर्नुपर्ने कानूनी दायित्व महान्यायाधीबक्ताको हुन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जुनसुकै मूल्य चुकाउनु परेपनि हालका महान्यायाधिबक्ता दिनमणि पोख्रेललाई सर्बोच्चको न्यायाधीश बनाउन चाहन्छन्। उनको यो चाहनामा टीकापुर काण्डका नाइके रेशमलाल चौधरीको प्रकरणले बाधा पुर्‍याएको छ।

तर, महान्यायाधिबक्ताले अनुचित प्रभावमा परेर वा राजनीतिक दवावमा परेर सर्बोच्चबाट फैशलाको पूर्ण पाठ नआउँदै माफी दिने निर्णय अघि बढाए र सरकारले उनकै रायबमोजिम भन्दै चौधरीलाई आममाफी दिने निर्णय गर्‍याे। चौधरी त जेलमुक्त भए तर त्यो पासोले पोख्रेल मुस्किलमा छन्।

गैरकानूनीरुपमा पदीय मर्यादा विपरीत काम गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अहिले यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ। अख्तियारले चौधरीको आममाफीसम्बन्धी सम्पूर्ण कागजातहरु महान्यायाधिबक्तासँग लिखितरुपमै मागिसकेको छ।

स्रोतका अनुसार, अनियमितता गरेको उजुरीका आधारमा कागजात माग गरेपनि पहिलो लटमा महान्यायाधिबक्ताले पूरै कागजात नदिएपछि अख्तियारले थप ताकेतासमेत गरेको छ।

अहिले अख्तियारले छानविनकै क्रममा राखेको यो प्रकरण नटुंगिँदै पोख्रेललाई सर्बोच्चको न्यायाधीश नियुक्ति गर्दा आइपर्ने नैतिक संकटका कारण प्रधानन्यायाधीश र सर्बोच्चका बरिष्ठतम न्यायाधीशले राजनैतिक दवावका बाबजुद नियुक्तिको निर्णय गर्न हिच्किचाएका छन्।

बर्षामानसँग गोप्य, सुनुवाई सारियो

हिजो दिउँसो न्यायाधीश नियुक्तिको निर्णय हुनसक्ने बुझेपछि महान्यायाधिबक्ता पोख्रेलको दौडधूप निकै देखियो। उनी विहानै नक्सालतिर देखिए। नक्सालमा उनी केही घण्टा माओवादी नेता बर्षामान पुन अनन्तसँग देखिएका थिए।

विहान पौने आठदेखि उनी पुनसँग गोप्यमा थिए। पुनमार्फत सरकारलाई निरन्तर दवाव दिने रणनीति रहेको बताइन्छ। संयोग कस्तो पर्‍याे भने हिजै रेशमलाल चौधरीको मुद्दाको पेशी पनि परेको थियो आममाफीको निर्णयका विरुद्धको।

रिगलको केसको नजिरमात्र होइन अरु तथ्य र प्रमाणहरुले पनि सो मुद्दाको आममाफी बदर हुनसक्ने प्रचुर सम्भावना भएकाले आममाफीको निर्णय गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्त गर्नु घातक हुने नै भयो।

त्यसैले पोख्रेलले सो मुद्दाको सुनुवाई हिजो हुन नदिन ठूलै प्रयास गर्नु परेको बताइन्छ। चौधरीको सो मुद्द पुसलाई सरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]