२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुइँचालो

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर ०७, २०८०

(एबिसि संचार )

मकवानपुर केन्द्रबिन्दु भएर भुइँचालो गएको छ।

आज बिहान १:१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूइँचालोको धक्का मकवानपुर, धादिङ र काठमाडौंमा महशुस गरिएको केन्द्रले जनाएको छ।

मध्यरातमा भूकम्प जाँदा मकवानपुरमा मानिसहरू घरबाहिर निस्किएका थिए। थाहा नगरपालिकाका मेयर विष्णु बहादुर विष्टले भौतिक क्षति भएको खबर नआएको बताए।भूकम्प आएपछि मध्यरातमा मानिसहरू घरबाहिर निस्किएका थिए, भौतिक क्षति भएको खबर आएको छैन। हामी बुझ्दैछौं,’ उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]