२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

उप प्रमुख चौधरीले गरिन् लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर ०९, २०८०

 

 

(धर्मेन्द्रं चौधरी )

कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक उद्घाटन गरिएको छ ।
लैंगिक हिंसा अन्त्यको शुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐकेबद्धता राष्ट्रीय नाराका साथ
कृष्णनगर नगरपालिकाको आयोजना गरिएको कार्यक्रममा आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात, आशिष सामाजिक सेवा नेपाल , नेपाल प्रहरी, सशस्त्र प्रहरी,
लगायत विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको प्रमुख आतिथ्य रहेको कार्यक्रमका प्रमुख अतिथि चौधरी द्वारा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, हरिपाल चतुर्वेदी, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, प्रहरी निरिक्षक लक्ष्मण ओली, लगायत विभिन्न सामाजिक व्यक्तित्व हरुको आतिथ्य रहेको थियो ।

कार्यक्रममा पि.आर.सि का कपिलवस्तु प्रतिनिधि दिनेश तिमिल्सिनाको स्वागत मन्तब्य रहेको कार्यक्रममा थुमा देवी उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष मौलाना मशहूद ले हामी सबै मिलेर महिला हिंसा अन्त्य गर्नुपर्ने बताउदै आमाको खुट्टा मुनि स्वर्ग रहेको बताए।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रवक्ता हरिपाल चतुर्वेदी, कृष्ण कुमार गुप्ता, नागेश्वर मिश्र लगायतका वक्ता हरूले महिला हिंसा अन्तय गर्न सम्पूर्ण क्षेत्रका व्यक्ति मिलेर महिला हिंसा बिरूद्ध योगदान दिनुपर्ने बताए।

कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, स्थानीय, महिला अधिकार कर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षाप्रेमी लगायतको उपस्थित रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]