२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सुर्खेत विमानस्थलमा ८० सिट क्षमता भएको ८ विमानहरु सञ्चालन हुने

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर १४, २०८०

 

(ABC-Sanchar)
सुर्खेत । कर्णाली प्रदेशका दुर्गम जिल्लाहरू प्रवेश गर्ने मुख्य प्रवेशद्धारमा रहेको सुर्खेत विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणले श्री एयरलायन्सले हाल तराईका विमानस्थलमा सञ्चालन गरिरहेको ‘डी ह्याभिल्यान्ड क्यानडा (डीएचसी) ड्यास ८’ विमानलाई मंसिरदेखि सुर्खेत उपत्यकामा पनि उडान अनुमति दिएको छ ।

१० महिनाअघि भएको परीक्षण उडान सफलपछी श्रीले मंसिर १५ गतेदेखि दैनिक काठमाडौं–सुर्खेत क्यानेडीयन विमान ड्यास–८ बाट उडान गर्न लागेको श्रीका अध्यक्ष सुधिर मित्तलले बताए । ‘आर्थिक मामिलामा पछि परेको कर्णाली प्रदेशमा हामी नेपालमा उपलब्ध सबैभन्दा धेरै यात्रु क्षमताको जहाज ड्यास–८ बाट सेवा विस्तार गर्दै छौं । हुम्ला, जुम्ला, मुगु, डोल्पाका स्थानीय, बिरामी, व्यापारीलाई सहज हुने छ,’ अध्यक्ष मित्तलले भने,‘प्रतिस्पर्धाका कारण यो रुटमा हवाई भाडा कम्तीमा १४ सय रुपैयाँले सस्तो पर्ने छ । भने कार्गो दर पनि निकै सस्तो पर्ने छ ।’

सुर्खेतमा सञ्चालन हुने ठूलो जहाजले सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाअन्तर्गत पश्चिमी भेगका नगर र गाउँपालिकाका स्थानीय, कर्मचारी, पदाधिकारीलाई पनि नेपालगन्ज र धनगढी विमानस्थल भएर काठमाडौंबाट ओहोरदोहार गर्नुपर्ने लामो दूरीको बाध्यात्मक यात्रा अझ छोटो, सस्तो र सहज हुने भएको छ ।

हाल काठमाडौंलाई पूर्वमा भद्रपुरदेखि पश्चिममा धनगढीसम्म ड्यास–८ र सीआरजे विमानबाट जोड्दै आइरहेको श्रीका लागि ७ हजार ३ सय २५ फिट उचाइको सुर्खेत विमानस्थल नयाँ गन्तव्य हो । तौलसहित २५ हजार फिट उचाइसम्म उडान गर्न सक्ने ड्यास–८ विमान प्रतिघण्टा ६ सय ५० किलोमिटरको गतिमा उडान गर्ने भएकाले यस्ले काठमाडौं–सुर्खेत रुटमा ४५ मिनेट हाराहारी समय लगाउने छ ।

‘भित्री मधेशमा सुर्खेत उपत्यका हाम्रो नौलो अनुभव हुँदैछ,’ श्रीका एक पाइलटले भने, ‘सर्वाधिक ८० सिटमा यात्रु राखेर हामी सुर्खेतमा उडान गर्दै छौं । यो विमानस्थल पूर्वी क्षेत्रको तुम्लिङटार विमानस्थलको दाजोमा अलि बढी अप्ठ्यारो विमानस्थलमा पर्छ ।’

सुर्खेत विमानस्थलको धावनमार्ग १२ सय ५५ मिटर लामो छ । ड्यास–८ लगायतका ’रिजनल–एयरक्राफ्ट’का लागि यो झन्डै तीन सय मिटर छोटो पर्छ । त्यसैले श्रीले काठमाडौंबाट सुर्खेत जादा ८० यात्रु लैजाने छ भने धावनमार्गको दुरी छोटो भएकाले ५ वटा सिट खाली राखेर काठमाडौं फर्किनुपर्नेछ । श्रीसँग चारवटा ड्यास–८ र चारवटा सीआरजे विमान छन् । यस्ले थप तीनवटा ड्यास–८ विमान थल्दै छ ।

सुर्खेतमा ४७ यात्रु क्षमताको एटीआर–४२ विमानबाट सेवा दिँदै आइरहेको बुद्धले गत पुसदेखी एटीआर–७२ विमानबाट उडान भर्दै आइरहेको छ । यो विमानको यात्रु क्षमता ७० रहेको छ । ०७५ अघि काठमाडौं सुर्खेत रुटमा १९ सिट क्षमताका टुइनअटर, डोर्नियर, बिचक्राफ्ट आदि विमानले कम्तीमा १० हजार रुपैयाँ भाडादरमा सेवा दिन्थे ।

०७५ मा बुद्धले बिचक्राफ्ट विमानलाई हटाउँदै ४७ यात्रु क्षमताको एटीआर–४२ विमानबाट सिधा उडान उडान थालेपछि काठमाडौं–सुर्खेतको हवाई भाडा ८ हजार झरेको थियो भने नेपालगन्ज विमानस्थलमा हुने यात्रु र जहाजको चाप पनि घटेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]