२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

हिन्दू राष्ट्र पुन:स्थापना र प्रदेश खारेजका लागि देशव्यापी आन्दोलन गर्ने

Logo
Abc Sanchar प्रकाशित मंगलबार, पुष ०३, २०८०

(एबिसि संचार )

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दू राष्ट्र पुन:स्थापना र प्रदेश खारेजका लागि देशव्यापी आन्दोलन गर्ने भएको छ।

पुस १-३ सम्म काठमाडौँमा चलेको केन्द्रीय समिति बैठकले यी दुई एजेन्डालाई स्थापीत गर्न आन्दोलन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।आन्दोलनको तयारीस्वरुप पुस र माघ महिनामा देशभर सभा सम्मेलन गर्न तयारी गर्नेछ । राप्रपाले फागुनमा मेची–महाकाली एकता यात्रा र उपत्यका प्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।

पत्रकार सम्मेलनमा उनले भने, ‘आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवं देशभित्र र देशबाहिर रहनु भएका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपा हार्दिक आह्वान गर्दछ, नवीन राप्रपा कार्ययोजनाका बाँकी कार्यहरु पनि आन्दोलनको अंगको रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ।’

राप्रपाले आन्दोलनका लागि अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ । समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरु र आमन्त्रित केन्द्रीय सदस्यहरु रहनेछन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]