(महेन्द्र सिंह)
बाँके ४ पुस बाँके ट्राफिकले दुर्घटना न्यूनिकरण गर्न हरेक गाडीहरूको पछाडी पट्टी गाडीको प्रकाश फर्काउने रिफ्लेक्टिङ्ग स्टिकर टाँस्न सुरु गरिएको छ ।
कुहिरो लागेको र रातीको समयमा हुने दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले हरेक गाडीको पछाडी गाडीको प्रकाश फर्काउने रिफ्लेक्टिङ्ग स्टिकर टाँस्न सुरु गरेको हो ।
बाँके जिल्ला ट्राफिक प्रमुख गोपाल कृष्ण सुबेदिका अनुसार पहिलो चरणमा स्कुले विद्यार्थिहरुको साईकलमा यस्तो स्टिकर टाँसिएको जनकारी दिनुभएको छ भने ।
पछिल्लो समय बाँकेमा कुहिरो लागेको बेलामा धेरै दुर्घटना भएको हुदा दुर्घटना न्यूनिकरण गर्न साईकल मोटरसाइकल अटो रिक्सा फटफटे टेक्टर बस ट्रक डोजर
लगाएको सम्पूर्ण सवारी शाधनहरुमा पछाडी रिफ्लेक्टिङ्ग चम्किलो स्टिकिर टाँसेको बाँके ट्राफिक प्रमुख सुबेदिले बताए ।