(एबिसि संचार ) काठमाडौँमा एक जना पुरुष मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू भगवानपाउस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै मकवानपुरको बकैया गाउँपालिका-२ सरस्वती सामुदायिक वन वतासेडाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।