(एबिसि संचार )
महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ ।
शनिबार राति उपमेयर रेनुकुमारी महतो चढ्ने प्र २–००२–०००१ झ ०००५ नम्बरको गाडीमा आगजानी भएको हो ।नगरपालिका–१ रामनगरमा उपमेयरकै घर अगाडि पार्किङ गरेर राखेको गाडीमा अज्ञात समूहले पेट्रोल छर्केर अगो लगाएका हुन् ।