०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

नेपालीलाई अपहरण गर्ने ६ जना भारतीय पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष ११, २०८०

(एबिसि संचार )                                                                दुई नेपालीको अपहरण आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् ।  चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरुमा राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेका छन् । उनका अनुसार गत पुस ५ गते थापा र महत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जाने भनेर हिँडेका थिए ।  तर पुस ७ गते बेलुका एकाएक थापाले आफ्नो फेसबुक मेसेन्जरमार्फत श्रीमतीलाई कल गरेर आफूहरू अपहरणमा परेको र ६ लाख रुपैयाँ माग भएको भन्दै जानकारी गराएका थिए । सो सूचना प्रहरी कार्यालय भरतपुरका साथै जिल्ला प्रहरी कार्यालय बारामा पुगेको थियो ।  त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी अप्रेसन सञ्चालन गरेकामा पुस १० गते भारतको सितामढी डुम्रा थानाबाट खटिएको भारतीय प्रहरीले अपहरणमा परेका थापा र  महतलाई सितामढीबाट सकुशल उद्धार गरेको गिरीले बताइन् । यसैगरी  पीडितलाई प्रहरीले नेपाल ल्याएर आफन्तको जिम्मा लगाइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!