(एबिसि संचार ) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार घुससहित अमिनलाई नियन्त्रणमा लिएको छ ।अख्तियारले बुधबार नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाललाई चार हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ।