(एबिसि संचार )
अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका १५ लाख रुपैयाँ बराबरको मोबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधर भएको जिल्ला प्रहरी प्रवक्ता दधीराम न्यौपानेले बताए।
विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल र चार्जर प्रहरीले बारागढी गाउँपालिका–३ खोपवा निवासी रूपनारायणको घरबाट बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेको भनाइ छ।
विशेष सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका मोबाइल सेट, ४८ थान चार्जर, ब्याट्री नौ थान र मोबाइल कभर १४ थान गरी १५ लाख रुपैयाँ मूल्य बराबरको रहेको बारा प्रहरीले जनाएको छ।