(एबिसि संचार ) आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ ।मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो । सरुवामा विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको हेरफेर भएको छ । साथै अध्यागमन विभागका निर्देशकहरु पनि फेरिएका छन् ।