(एबिसि संचार )
राष्ट्रियसभा सदस्यको निर्वाचन लगत्तै मन्त्रिपरिषदमा ठूलै हेरफेर हुने भएको छ । मुख्य त सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मन्त्रालय साटासाट गर्ने उद्देश्यले मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको हो ।
कांग्रेस र माओवादीबिच मन्त्रालय हेरफेर हुने भएपछि कांग्रेसले गृह लिएर अर्थ माओवादीलाई दिने तयारी गरेको छ । अर्थ र गृह साट्ने कांग्रेसको प्रस्तावले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भने हाइसन्चो हुने भएको छ ।गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण हैरान भएका प्रचण्डलाई कांग्रेसको प्रस्तावले राहत मिल्ने भएको हो । कांग्रेसले गृह लिएसँगै अर्थ पाउँदा वर्षमान पुन ‘अनन्त’लाई अर्थमन्त्री बनाउने प्रचण्डले तयारी गरेका छन् ।(रास्स)