३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

प्रहरीका महानिरीक्षक वसन्त कुँवरले मन्त्रीको ज्यान जोगाउन बालकुमारीमा बल प्रयोग गरिएको

Logo
Abc Sanchar प्रकाशित सोमबार, पुष १६, २०८०

(एबिसि संचार )

नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले मन्त्रीको ज्यान जोगाउन बालकुमारीमा बल प्रयोग गरिएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मन्त्रीको सुरक्षा जोखिममा पर्ने ठानेर बचाउने क्रममा बल प्रयोग गरिएको बताएका हुन् । साथै उनले मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने बताए ।उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर हामी खट्यौँ । बल प्रयोगमा आठजना प्रहरी घाइते भएका छन् । मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको हो,’ उनले भने ।

फिल्डमा खटिएका प्रहरीले ठिक गरे वा नगरेको भन्ने प्रश्नमा उनले अनुसन्धानबाट स्पष्ट हुने बताए । ‘उहाँहरू (प्रदर्शनकारी) १३ गते बिहान बिनालिडर उत्रनुभयो । साढे ११ मा प्रहरीले सामान्य बल प्रयोग ग¥यो । ११.५२ मा मन्त्री कान्तिपुर पार्टी प्यालेसबाट निस्केपछि तितरबितर भएको भीडले मन्त्रीको गाडी जलायो,’ उनले भने, ‘त्यस बेला पीएसओले अवस्थाको बारेमा जानकारी लिएन । त्यहाँ सामान्य विवाद मन्त्रीसँग भयो ।’

महानिरीक्षक कुँवरले मन्त्रीमाथि हातपात हुने देखिएपछि उनलाई पीएसओले सुरक्षित स्थानमा पु¥याएको जानकारी दिए । ‘तीन हजार युवा कसैको कमान्डबिना आएका थिए’, उनले भने ।

शुक्रबार कोरिया जानका लागि सिप बिल्डिङ क्षेत्रमा परीक्षा दिएर असफल भएकाहरुले गरेको प्रदर्शनका क्रममा बालकुमारीमा भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको थियो । सो क्रममा आक्रोशित युवाहरुले मन्त्री र उनका पीएसओलाई गाडीबाट बाहिर निकालेर गाडीमा आगजनी गरेका थिए ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!