२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

सांसद राजेन्द्र राईले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

Logo
Abc Sanchar प्रकाशित सोमबार, पुष १६, २०८०

(एबिसि संचार )

। सांसद राजेन्द्र राईले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । बालकुमारी घटनाबारे राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले मन्त्री श्रेष्ठलाई यस्तो सुझाव दिएका हुन् ।

‘मेरो भिन्न कुरा छ । यो घटना के घट्यो कसरी घट्यो भन्ने दुनियाँले देख्यो । समिति पनि बनाउनुभयो । तपाईं राजीनामा दिनुस् । छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । तपाई शालीन व्यक्ति, अव तपाई राजीनामा दिनुस्’, सांसद राईले भने, ‘सबैभन्दा राम्रो कुरा तपाई दिनुस्, दिनैपर्‍यो  ।’ उनले युवाले विदेश गएर काम गर्छु भन्दा ताकी ताकी गोली हानेर मार्नुहुन्छ भने तपाईंले राजीनामा नदिएर कसले दिन्छ भन्दै प्रश्न गरे ।उनले तोडमोड गरेर कुरा राख्न नमिल्ने भन्दै समस्या सिर्जना भएपछि समाधान गर्ने कि ठाउँका ठाउँ गोली हान्ने भन्दै सरकारलाई प्रश्न गरे । ‘ठाउँका ठाउँ गोली हानेर मार्न कहाँ मिल्छ । तपाईंले मुलुक चलाउन सक्नुभएन । सबैतिर असन्तुष्टि छ । के भएर यो भयो ? तपाईंले सुशासन दिएर हो त ? ’ सांसद राईको प्रश्न छ । मन्त्री श्रेष्ठले तत्काल राजीनामा दिएपछि समस्या समाधान हुने भन्दै उनले प्रहरीको कार्यशैलीमाथि समेत प्रश्न उठाए । उनले प्रहरीले साधन स्रोत छैन भनेर पन्छिन नमिल्ने पनि बताए ।(रास्स)

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]