२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

सांसद राजेन्द्र राईले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

Logo
Abc Sanchar प्रकाशित सोमबार, पुष १६, २०८०

(एबिसि संचार )

। सांसद राजेन्द्र राईले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । बालकुमारी घटनाबारे राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले मन्त्री श्रेष्ठलाई यस्तो सुझाव दिएका हुन् ।

‘मेरो भिन्न कुरा छ । यो घटना के घट्यो कसरी घट्यो भन्ने दुनियाँले देख्यो । समिति पनि बनाउनुभयो । तपाईं राजीनामा दिनुस् । छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । तपाई शालीन व्यक्ति, अव तपाई राजीनामा दिनुस्’, सांसद राईले भने, ‘सबैभन्दा राम्रो कुरा तपाई दिनुस्, दिनैपर्‍यो  ।’ उनले युवाले विदेश गएर काम गर्छु भन्दा ताकी ताकी गोली हानेर मार्नुहुन्छ भने तपाईंले राजीनामा नदिएर कसले दिन्छ भन्दै प्रश्न गरे ।उनले तोडमोड गरेर कुरा राख्न नमिल्ने भन्दै समस्या सिर्जना भएपछि समाधान गर्ने कि ठाउँका ठाउँ गोली हान्ने भन्दै सरकारलाई प्रश्न गरे । ‘ठाउँका ठाउँ गोली हानेर मार्न कहाँ मिल्छ । तपाईंले मुलुक चलाउन सक्नुभएन । सबैतिर असन्तुष्टि छ । के भएर यो भयो ? तपाईंले सुशासन दिएर हो त ? ’ सांसद राईको प्रश्न छ । मन्त्री श्रेष्ठले तत्काल राजीनामा दिएपछि समस्या समाधान हुने भन्दै उनले प्रहरीको कार्यशैलीमाथि समेत प्रश्न उठाए । उनले प्रहरीले साधन स्रोत छैन भनेर पन्छिन नमिल्ने पनि बताए ।(रास्स)

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!