(एबिसि संचार ) एक मेनपावर व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । टोखा नगरपालिका–५ बसुन्धाराका सञ्चालक देव कुमार खोखालीमाथि कुटपिट भएको हो ।
आफ्नै कार्यकक्षमा रहेका बेला पीडितको नाममा आएको समूहले उनीमाथि कुटपिट गरेको छ । पीडित संघको नाममा आएको समूहले गम्भीर घाइते हुनेगरी कुटपिट गरेको व्यवसायीहरूले बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले पीडितको नाममा आएका गुण्डाहरूको समूहले कुटपिट गरेको बताए । कुनै समस्या आए व्यवसायीबाट कुनै गल्ती भएमा त्यस उपर वैदेशिक रोजगार विभागमा उजुरी गर्ने, क्षतिपूर्ति दिनुपर्ने भए दिने, कामदार झिकाउने लगायतका काम गर्नुपर्नेमा गुण्डाहरू ल्याएर कुटपिट नै गरिएको बताए ।