(एबिसि संचार ) महिनाको दुई लाख रुपैयाँ तलब पाउने गरी जापान पठाइदिन्छु भनेर साढे छ लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् ।भक्तबहादुर राईसमेत दुई जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनेर ठगी गर्ने झापा घर भई अहिले काठमाण्डौको टोखा बस्ने गणेशकुमार कुलुङ राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माछापोखरीबाट पक्राउ गरेको हो ।