(एबिसि संचार ) व्यापारीलाई धम्की दिएको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका–८ घर भएका ३५ वर्षीय श्रीभगवान साह छन् । उनले व्यापारीलाई ज्यान मार्ने धम्की दिएर रकम मागेको आरोप छ । एक व्यापारीलाई शाहले फोन गरेर मार्ने धम्की दिएर ५० लाख रुपैयाँ मागेका हुन् ।जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।