३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ

Logo
Abc Sanchar प्रकाशित सोमबार, पुष २३, २०८०

(एबिसि संचार )                                                              काठमाडौँको तीनकुनेमा केन्द्रीय कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका डोटी घर भएका ३१ वर्षीय हर्कबहादुर कठायत रहेका छन् । उनीसँगै सहकारीको सदस्य रहेका विनोद कुमार ओझा पनि पक्राउ परेका छन् । ३५ वर्षीय ओझा भने काभ्रे निवासी हुन् । जोरपाटी र भक्तपुर जिल्ला भित्रका सहकारीका शाखा कार्यालयहरूका सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको आरोप छ । निक्षेप कर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरूले जम्मा गरेको रकम पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएको केन्द्रीय अनुसन्धान ब्यूरोको भनाई छ ।आफ्नो निक्षेप जोखिममा रहेको ठानेर सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरूलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिने तर्फ आवश्यक पहल नगरी उनीहरूले संस्था नै बन्द गरेका थिए । ब्यूरोका अनुसार बचतकर्ताहरूको हालसम्म प्राप्त जाहेरी अनुसार १२ करोड ३५ लाख ४८ हजार २ सय २ रुपैयाँ बयानब्बे पैसा बचत रकम अपचलन तथा हिनामिना भएको छ । कठायत र ओझालाई  पुस १८  गते पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

error: Content is protected !!