३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैध रुपमा सञ्चालित ई–रिक्सा नष्ट गर्न सुरु

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष २५, २०८०

(एबिसि संचार )                                                                नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैध रुपमा सञ्चालित ई–रिक्सा नष्ट गर्न सुरु गरेको छ। लामो समयदेखि ई–रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरपालिकाले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई–रिक्सा नष्ट गर्न थालेको हो।गत मङ्सिर १९ गतेदेखि अवैध रुपमा सञ्चालित ई–रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरपालिकाले मङ्गलवार पाँच ई–रिक्सा नष्ट गरेको छ। आवश्यक कागजात नभएका ती ई–रिक्सा प्राविधिक जाँच गरी स्काभेटरले तोडफोड गरी नष्ट गरिएको हो।नष्ट गरिएका ई–रिक्सामा भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरका रहेका नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताउनुभयो । यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशील शर्माले ई–रिक्सा धनी तथा चालककै रहोवरमा कागजात अद्यावधिक भए/नभएका, चेसिज नम्बर मिले/नमिलेको वा भए/नभएको प्राविधिक जाँच गरेका थिए।उपमहानगरपालिकाले ई–रिक्सा नियन्त्रण गर्नुअघि पटक–पटक प्रक्रिया पुर्‍याउन आग्रह गरेको थियो। नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर ई–रिक्साका कागजपत्र अद्यावधिक गर्न समय दिइएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

error: Content is protected !!