१० आषाढ २०८१, आइतबार
23-06-2024 , Sun
×

बहुबिवाह मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी महिला पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, पुष २७, २०८०

(एबिसि संचार )

बहुबिवाह मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी महिला पक्राउ परेकी छन्।

हल्दीबारी गाउँपालिका वडा-२ घर भई भद्रपुर नगरपालिका वडा-७ बस्ने २६ वर्षीया संगिता बनिया भन्ने संगिता पुरी पक्राउ परेकी हुन्।

उनलाई झापा फैसला कार्यान्वयनको लागि खटिएको टोलीले बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

जिल्ला अदालत झापाले जेठ ४ गते उनलाई बहुबिवाह मुद्दामा २ वर्ष कैद सजाय, २० हजार जरिवाना र ८ सय रूपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो। तर उनी फरार थिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । प्रतिष्ठित आयुर्वेदज्ञ राजीव दीक्षितको सल्लाहअनुसार आगोमा पाकेर तयार भएको खाना ४८ मिनेटभित्र खाइसक्नुपर्छ । अन्यथा, त्यसमा विद्यमान पौष्टिक तत्वहरु नष्ट हुँदै जान्छन् र १२ घण्टापछाडि त त्यो खाना पशुपक्षीका लागि समेत हानिकारक हुने गरी विषाक्त हुन जान्छ । फलफूलको हकमा भने यो नियम अझ कडासँग लागु हुन्छ । काटेर, ताछेर या टुक्रा […]

(ABC-Sanchar) काठमाडौं । गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो । गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका गाउँ, सञ्जय कलोनी, ओखला क्षेत्र र गीता कलोनीका मानिसहरू लाइनमा उभिएर क्यान र बाल्टी समातेर पानीको ट्याङ्कर वरिपरि घुमिरहेको बिहानको दृश्यले देखाएको […]

(ABC-Sanchar) पर्सा । बिरगंज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सहित वीरगन्ज कपडा बैंकले आज वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट बिहान १० बजे देखी बेलूका ५ बजे सम्म गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले […]