२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

विभिन्न स्थानबाट आठ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, पुष २७, २०८०

(एबिसि संचार )

विभिन्न ठाउँबाट लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं, धनगढी, पोखरा, विराटनगर, झापा र नवलपरासीबाट ८ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २० ग्रामसहित झापा कमल गाउँपालिका–१ सरणपाडाका २८ वर्षीय सन्देश पाठकलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौँ आइरहेको बसलाई जाँच गर्ने क्रममा त्यसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १० ग्राम चार सय मिलीग्रामसहित दुई जनालाई बिहीबार राति पक्राउ गरिएको छ । गैरकानुनी गतिविधि गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० धुलाबारीका ४६ वर्षीय मोहन राजवंशी र उनकी श्रीमती ३६ वर्षीया दिलकुमारी छन् ।

पोखरा महानगरपालिका–१३ सङ्गमटोलका २३ वर्षीय सागर परियार, विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट २८ वर्षीय अशोक कार्की र नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका–१४ कोलटाँडीबाट रूपन्देही तिलोत्तमा नगरपालिका–२ का २८ वर्षीय रविसोम मगर र धनगढी उपमहानगरपालिका–१ कैलालीपुलबाट लागुऔषध ब्राउनसुगर एक ग्राम चार सय २० मिलीग्रामसहित दुई जनालाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चियाको सेवन गर्नु फाइदा बेफाइदाहरु काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन २८, बुधबार) देशका कुन-कुन ठाउँमा बाढी आउने र जोखिम निम्तिने सम्भावना छ भनेर जानकारी दिएको छ। बाढी महाशाखाका अनुासर आज बिहान मापन गर्दा कोसीको सहायक नदी, महाकाली र बबई नदीको बहाव सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको […]

काठमाडौं । निर्वाचन आयोगले एक समूहले गरेको राष्ट्रिय भेला वैधानिक नभएको ठहर गर्दै लालवीर चौधरीको दाबी अस्वीकृत गरेको हो । यसअघि चौधरी नेतृत्वको समूहले राष्ट्रिय भेला मार्फत श्रेष्ठलाई हटाई आफूलाई अध्यक्ष तोकेको घोषणा गर्दै अद्यावधिकका लागि आयोगमा निवेदन दिएको थियो । तर आयोगले राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधानको अध्ययन, दुवै पक्षको लिखित जवाफ तथा […]

error: Content is protected !!