(एबिसि संचार ) विद्युतीय माध्यमबाट ब्ल्याकमेलिङ गरेर यौन शोषण गरेको आरोपमा भारतीय नागरिकलाई उपत्यका प्रहरी कार्यालयले पक्राउ गरेको छ । जोगबनी घर भएका रवि कुमारलाई विराटनगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले बताए ।काठमाडौँमा बलात्कार गरेर भारत गएका रवि कुमारले अश्लील भिडियो बनाएर पीडितहरुलाई विराटनगरमा बोलाएर समेत यौन शोषण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उपत्यका प्रहरी कार्यालबाट डिएसपीको नेतृत्वमा खटिएको टोलीले रवि कुमारलाई काठमाडौँ ल्याउँदै छन् । रवि कुमारले अहिलेसम्म ३ जनालाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौँ र कालिमाटीस्थित महिला बालबालिका सेवा केन्द्रमा दर्ता भएको छ । बलात्कारपछि उनले पीडिहरुलाई धम्की समेत दिने गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । ती अधिकृत भन्छन्,‘एक महिनाभित्र उनी ५ वटा बलात्कारमा संलग्न भएको भेटिएको छ, ३ जना पीडित हाम्रो सम्पर्कमा छन् ।’(रास्स)